चितवन,२४ मंसिर ।
चितवनको माडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका माडी नगरपालिका–१ बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलकाे पछाडि बसेका
साेही विद्यालयका शिक्षक बेगबहादुर खत्रीको मृत्युु भएको हो ।
दुर्घटनामा अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएको प्रहरीले जनाएको छ
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जीप चालकलाई इलाका प्रहरी कार्यालय माडीले पक्राउ गरेको छ ।







