काठमाडौं,२३ मंसिर ।
काठमाडौंमा एक पुरुषको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन् । उनको शव शुक्रबार फेला परेको हो ।







