काठमाडाैं,२२ मंसिर ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुनसहित तीन जना पक्राउ परेका छन् । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा दुई किलो सुनसहित
तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।







