काठमाडौँ,२१ मंसिर ।
बहुचर्चित एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न
सरकारले समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए ।
स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच
६ दिन अगाडि एनसेलको सेयर कारोबारकाे सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी भएको थियो ।
एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरिएको भन्दै सर्वत्र आलोचना भएको छ ।







