काठमाण्डाै,१९ मंसिर ।
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन माथिकाे सुनुवाइ हेर्न नभ्याइने’ मा परेको छ ।

आज मङ्गलवार पेसी तोकिएको उक्त रिटकाे सुनुवाइ हेर्न नभ्याइने’ मा परेको हाे ।

न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि याे मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

यही मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी गर्नुका साथै आजका लागि पेसी तोकेको थियो । अदालतले याे विवादमा यही मंसिर १५ गतेभित्र लिखित जवाफ माग गरी आजका लागि पेसी तोकेकाे थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएकाे कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।