काठमाडौँ,१८ मंसिर ।
अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुमलु गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्का रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसअघि अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।