काठमाण्डौ,१८ मंसिर ।
देशका पश्चिमी भुभागका केही ठाउँमा वर्षा र हिमपात भएको छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो । मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेशबाहेक देशका अरु ठाउँमा बदली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकीदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।






