काठमाण्डाै,१४ मंसिर ।
आज काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।

भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव परेकोले नेपालमा मौसम धुम्मिएकाे मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । दिउँसो काठमाण्डौ उपत्यकामा फाट्टफुट्ट र हल्का वर्षा हुने उनले भनाइ छ ।

अहिले उपत्यकासहित धेरै ठाउँमा बादल लागेको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात हुने उनले बताइन् ।