काठमाडौँ,११ मंसिर ।
दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएका आचार्य श्रीनिवाससहित १४ जना पक्राउ परेका छन् ।
सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई काठमाडौँको गौशालाबाट पक्राउ गरेको हो ।
आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुर घर भएका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ रहेका छन् ।
त्यस्तै पर्वत घर भएका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका मध्ये केही सामान्य घाइते भएका छन् ।
प्रदर्शनकारीकाे भिड नियन्त्रणका लागि प्रहरीले गौशालामा चार सेल अश्रुग्यास प्रहार गरेको बताएको छ ।






