बिराटनगर,११ मंसिर ।
कोशी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सूचनामा जनाइएको छ ।