काठमाडौँ,१० मंसिर ।
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम
संसदीय सुनुवाइ विषेश समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि राजदूत बनाउने सिफारिस गरेपछि आइतबार उनको संसदीय सुनुवाइ भएको थियो ।

उनलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।