काठमाडौँ,५मंसिर ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्न जरुरी रहेको बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनुपर्ने उनले बताए ।

मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७÷१८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो पारित गर्न सरकारलाई सबैले साथ दिनुपर्ने बताए ।

मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाइ नगर्ने आश्वासन दिए ।