हेटौंडा,३ कार्तिक ।
ट्रकको ठक्करबाट मकवानपुरमा पैदलयात्रीको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलस्थित कान्ती लोकपथ सडकखण्डमा आइतबार पौने २ बजे ट्रकले ठक्‍कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

ठक्करबाट स्थानीय ३८ वर्षीया महिला निरा बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले जानकारी दिए ।

प्रहरी निरीक्षक ठकुरीका अनुसार ट्रक तीव्र गतिका कारण दुर्घटनामा भएको हो ।

ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाकाे बिषयमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।