काठमाडौं,२ मंसिर ।
टिकटक बन्द गर्ने निर्णय बिरूद्व काठमाडौंकाे माइतीघरमा प्रदर्शन भएको छ ।

नेपालमा टिकटक प्रतिबन्धविरूद्ध टिकटक प्रयोगकर्ताहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने माग गर्दै शनिबार टिकटक प्रयोगकर्ताहरूकाे माग छ ।

टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ । कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन् ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

उक्त विवादको सुनुवाइ मंसिर ४ गतेका लागि तय गरिएको छ।