काठमाण्डाै,२६ कार्तिक ।
ललितपुरकाे एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१४ नक्खिपोटमा रहेकाे एक रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेकाे हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट १ लाख ३ हजार ४२० रुपैयाँ पनि बरामद गरिएको छ ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट ३४ हजार एक सय ४० रुपैयाँ बरामद गरिएको छ ।