बुटवल,२६ कार्तिक ।
रुपन्देहीमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको छ ।

तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन पनि प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

त्यस्तै तिहारमा प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि प्रशासनले राेक लगाएको छ ।