बुटवल,२० कार्तिक ।
चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी पुल छेउमा
गुडिरहेको बसको ढाेकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा पाल्पाको अर्गली घर भएका २६ वर्षीय अशोक भट्टराई रहेका छन् ।

बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका भट्टराईकाे सोमबार दिउँसो मृत्यु भएको हो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।