बुटवल,१७ कार्तिक ।
सैनामैनाको शैक्षिम विकासमा निजी विद्यालयकाे ठुलो योगदान रहेको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा बताएका छन् ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल सैनामैना नगर कार्य समितिको आयोजनामा शुक्रबार भएको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले नगरका संस्थागत विद्यालयले देशमै अब्बल नतिजा ल्याएर सैनामैना नगरपालिकालाई परिचित गराउनुकासाथै सैनामैनाको शैक्षिक विकासमा उल्लेखनीय भुमिका खेलेको स्मरण गरे ।
शिक्षा नै समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको भन्दै
मेयर शर्माले सैनामैनाको शैक्षिक विकास, संरक्षण र प्रवद्र्धन गर्न नगरपालिकाले प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेको बताए ।
बदलिँदो समयसँगै वैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको भन्दै उनलेे विद्यालयले विद्यार्थीहरुलाई नैतिक संस्कार र संस्कृतियुक्त जीवनउपयोगी शिक्षा दिनुपर्ने जोड दिए ।
सैनामैनालाई प्राविधिमैत्री शिक्षण गर्न विद्यालयलाई आइटी समाग्री प्रदान गर्नुकासाथै शिक्षकहरुलाई आइटी प्रशिक्षित गराएको बताउदै मेयर शर्माले सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान संकय, होटेल म्यानेजमेन्ट र पशुपति माध्यमि विद्यालयमा इलेक्ट्रीक इन्जीनियरिङ सम्बन्धि जिवन उपायोगी विषय अध्ययपन भैरहेको उल्लेख गरे ।
सैनामैनालाई शैक्षिक हब बनाउन सरकारी र निजी क्षेत्रको साथ सहयोग आवश्यकता रहेको भन्दै उनलेे नगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल केन्द्रीय सचिवलय सदस्य लेखनाथ पौडेलले नेपालकोे शिक्षा विकासमा निजि क्षेत्रको योगदानलाई सरकारले बिर्सिएकाे भन्दै सरकारले निजि विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो गर्नुभयो ।
मुलुकको समृद्धिका लागि निजी विद्यालयको उत्तिकै योगदान रहेको बताउदै उनलेे समान शिक्षाको अवधारणा अनुरुप राज्य अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
उनले उत्तीर्ण प्रतिशतले मात्र शिक्षाको गुणस्तार मापन गर्न नसकिए पनि निजी लगानीका विद्यालय सनर्वजानिक भन्दा हरेक कुरामा व्यवहारिक रुपमै अब्बल सावित भएकाले राज्यले निजि विद्यालयको लगानीलाई संरक्षण र सम्मान गर्नुपर्ने बताए ।
उच्चा शिक्षामा प्रदान गरिने ४५ प्रतिशत आरक्षण तथा छात्रवृत्तिमा निजि एवं संस्थागत विद्यालयका विद्यार्थीहरुलाई वञ्चित गरिएको भन्दै उनलेे प्राविधिक शिक्षा संस्थागत विद्यालयले संचालन गर्न अनुमति पाउनुपर्नेमा जाेड दिए ।
नेपाली काँग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालले देश निर्माणकर्ता शिक्षक भएकोले अनुशासित बनेर नैतिक शिक्षा प्रवाह गर्न सुझाव दिए ।
नेकापा एमाले सैनामैना नगर अधयक्ष नारायण न्यौपानेले परम्परागत शिक्षा पद्धतिलाई परिमार्जन गरेर एउटै शिक्षा निति बनाएर अगाडी बढ्नुपर्ने बताए ।
राष्ट्रिय स्वातन्त्र पाटी सैनामैना नगर अध्यक्ष राजबहादुर क्षेत्रीले कतिपय शिक्षण पेशामा लागेका शिक्षकहरु सक्रिय राजनितिमा लाग्दा तिनको ध्यान विद्यार्थी पढाउनुमा भन्दा आफ्नो दलको संघसंगठन विस्तारमा बढी हुदाँ शिक्षण सिकाईमा नराम्रो प्रभाव परेको बताए ।
उनलेे शिक्षकले विद्यार्थी र अभिभावकको मनोभावना अनुरुप शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्ने आवश्यकता औल्याए ।
सैनामैना वडा नम्बर ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले निजी विद्यालयको गुणस्तर तुलनात्मक रुपमा सामुदायिक विद्यालयभन्दा राम्रो रहेको बताउदै निजी विद्यालयको राम्रो कुराको सिको गर्दै सरकारी विद्यालयहरुको गुणस्तर सुधार्दै अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा शहिद नारायण पोख्रल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाले विद्यालय र विश्वविद्यालयहरुले शैक्षिक गुणस्तर नसुधारेसम्म विद्यार्थी विदेशीने क्रम नघट्ने धारणा राखे ।
अभिभावक संघ सैनामैनाका सचिव विमल ज्ञवलीले विद्यालय शिक्षा निति बनाउँदा अभिभावकका समस्यालाई समेट्न सके सहज हुने बताए ।
रामापुर माध्यमिक विद्यालयका प्राधानाध्यापक कृष्ण पौडेलले सरकारी विद्यालयमा विद्यार्थी संख्या अनुसारको शिक्षक दरबन्दी पुग्न नसक्नु केन्द्रीय स्तरको समस्या भएको भन्दै राज्यले साँच्चै नै शिक्षाको गुणस्तर खोज्ने हो भने त्यसतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
उनले नगरपालिका भित्रका निजि र सरकारी विद्यालयमा पुग्ने विद्यार्थीहरु सैनामैनामै प्रर्याप्त रहेका कारण विद्यालयबीच अस्वस्थ प्रतिस्पार्धा नहरेको बताउँदै गुणस्तरी शिक्षा प्रणालीलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड दिए ।
सैनामैना मेमोरियल स्कूलका प्राचार्य जे.बी क्षेत्रीले सैनामैनाको शैक्षिक विकासमा निजि क्षेत्रको योगदानलाई स्थानिय सरकारले भुल्न नहुने बताए ।
उत्कृष्ट नतिजा दिएर सैनामैनाको पहिचान दिलाउन संस्थागत विद्यालयको भुमिका उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उनलेे नगरको शैक्षिक नीति बनाउदा निजी विद्यालयलाई पनि समेट्न आग्रह गरे ।
न्यू एकेडमी बोर्डिङ्ग स्कूलका अध्यक्ष मिन प्रसाद पौडेलले सरकारले सामुदायिक विद्यालय शिक्षामा सम्पूर्ण लगानी गर्न खोज्नु र समान शिक्षा प्रदान गर्न खोज्नु सकारात्मक रहे पनि निजी विद्यालयसँग सहकार्य गरेर अगाडी बढनुपर्नेमा जाेड दिए ।






