सुर्खेत,१० कार्तिक ।
मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उनले बताए । मृत्यु हुनेहरुमा २८ वर्षकी श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको बताइएको छ । हत्याको आशंका भएकोकोले घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।