काठमाण्डाै,१० कार्तिक ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसाे सवा २ बजे भारतको चेन्नईमा हुदै छ ।
दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाकाे दाेस्राे स्थानमा छ । पाकिस्तान उति नै खेलमा २ खेल जित्दै तालिकाकाे छैटाैँ स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले पछिल्लाे ३ खेलमा २ मा जित र १ मा हार बेहाेरेकाे छ । पाकिस्तानले पछिल्लाे ३ खेलमा ३ वटैमा हार बेहाेरेकाे छ ।
एकदिवसीय विश्वकपमा यी २ टाेलीबीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएकाे छ । एकदिवसीय क्रिकेटमा यी २ टाेलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएकाे छ । यस्तै १ खेल नतिजाविहीन भएको थियो ।






