काठमाण्डाै,१० कार्तिक ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मुहम्मद वसीमले टस जितेर बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् ।
नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएर फाइनलमा पुगेकाे हाे । नेपालले पहिलाे खेलमा यूएईलाई ७ विकेट, दाेस्राे खेलमा हङकङलाई ६ विकेट, तेस्राे खेलमा हङकङलाई ७९ रन र समूह चरणकाे पाँचाैँ खेलमा यूएईलाई ५ विकेटले हराएकाे थियाे ।
यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।






