काठमाडौँ,१० कार्तिक ।
त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)बिच प्रतिस्पर्धा हुदै छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो । नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ बाहिरिइसकेको छ ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ । युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो ।

युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ । रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो ।