काठमाडौ,८ कार्तिक ।
बिगत दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त भएका छन् ।

उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन ।

दुई महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका लिको बर्खास्तीको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका थिए ।

गत जुलाई महिनामा पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवैजनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो ।

उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।