भैरहवा,७ कार्तिक ।
दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रूपन्देहीको मर्चवारमा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको मर्चवार क्षेत्रको दानव र तिनाउ नदीको संगममा दुर्गा मूर्तिहरू विसर्जन गर्न गएकाहरु मध्य २ जनाको नदिमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र साेहि ठाउँका १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीकाे कोटहीमाई गाउँपालिका स्थित मर्चवार क्षेत्रको दानव र तिनाउ नदीको संगममा दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।






