काठमाडौं,५ कात्तिक ।
भूकम्पका कारण धादिङमा १८ घरगोठमा क्षति पुगेको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । भुकम्पबाट मानवीय क्षति नभएको र केही घर गोठ भत्किनुका साथै केही घर चर्किएको उनले बताए ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवन,पाल्पासम्म महसुस भएको थियो ।






