काठमाडौँ,१ कार्तिक ।
इजरायलबाट थप १८ जना नेपालीहरूको उद्धार गरी भारतको नयाँ दिल्ली ल्याइएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरूको पनि उद्धार भएको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए ।
भारतका विदेश मन्त्री डा एसजयशंकरका अनुसार इजराइबाट २८६ जनाको उद्धार गरिएको हो । ‘अपरेसन विजय’ अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ ।
अक्टोबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो ।






