काठमाडौं, २६ असोज ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला निलम्बित भएका छन् ।
निर्देशक बसौलालाई सरकारले तीन महिनाका लागि निलम्बन गरेको हो ।
स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।
उनलाई कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको पनि पत्रमा उल्लेख छ ।
बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।






