काठमाडौं, २५ असोज ।
विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । साे प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।
यो विधेयक २७ भदौ २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । विधेयकका सन्दर्भमा सरोकारवालाहरुले चासो राख्दै आएका छन् ।
संविधान कार्यान्वयनसँग जोडेर राजनीतिक दलहरुले पनि यो विधेयकलाई महत्वपूर्ण विधेयकका रुपमा लिएका छन् ।






