काठमाडौं,२३ असोज ।
स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि बिराेध प्रदर्शन गरेका छन् ।
संघीय निजामती विधेयकमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका उनीहरले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुुन् ।
उनीहरुले ‘हामी यहाँ छौँ, खै सरकार कहाँ छ ?’, ‘हामीलाई न्याय कसले दिने ?’ जस्ता नारा लेदिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलन गर्दै आएका छन् ।
राजधानी काठमाडौका अलावा उनिहरूले सम्बन्धित स्थानीय तहमा समेत प्रदर्शन गरिरहेका छन ।






