काठमाण्डाै,१७ असाेज ।
सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज रातिदेखि फारम खुल्दै छ ।

नेपाली समयअनुसार आजराति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा कार्तिक २१ गते (नाेभेम्बर ७) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने जनाइएको छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।