धादिङ,१७ असाेज ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे मृत्यु भएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएकाे हाे ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट उनीहरुकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ