काठमाडौ,१५ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टी लगायतका तीन पार्टीले पछिल्लो समय
मुलुकका विभिन्न ठाउँमा प्रतिगामी गतिबिधि भैरहेको भन्दै त्यसको घोर भर्त्सना गरेका छन् ।

संघीयता र समावेशीताकाे वकालत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी,सामाजिक एकता पार्टीका अध्यक्ष सिबी गहतराज र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आज संयुक्त विज्ञप्ति जारी गगरी अहिले देशमा लामो सङघर्ष अनि बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशीताअनि धर्मनिरपेक्षता जस्ता उपलब्धीमाथि सुनियोजित तवरले प्रहार भइरहेको जनाएका हुन् ।

देशको विभिन्न स्थानहरुमा धार्मिक अतिवादी गतिविधि चर्काउने र धार्मिक तथा साम्प्रदायिक दङ्गा भड्काउने खालका गतिविधिप्रति आफुहरूकाे गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा यस्तो प्रतिगामी कदम तथा गतिबिधिको घोर भर्त्सना र बिरोध गरिएकाे छ ।

नवलपरासी, सुर्खेत, धनुषा, सर्लाही, महोत्तरीमा भएका धार्मिक अतिबादी घटना तथा ज्यादतीबारे आम नेपाली सबै सतर्क र सचेत हुन आग्रह गर्दै विज्ञप्तिमा यस्ता अतिवादी धार्मिक÷साम्प्रदायिक घटनाको तत्काल निष्पक्ष छानबिन गरि दोषी उपर कडा कार्वाही एवम् पीडितहरुलाई उचित राहत प्रदान गर्न माग गरिएको छ ।

त्यस्तै देशको युवाशक्ति र प्रतिभाहरुको बिदेश पलायनको भयावहअवस्था रोक्नेतर्फ राज्यको कुनै पहल नभएकोमा आफुहरूकाे गम्भीर चिन्ता र चासो ब्यक्त गर्दै विज्ञप्तिमा युवाशक्ति र प्रतिभा पलायन रोक्न बिशेष राष्ट्रिय नीति निर्माण गर्न सरकारकाे ध्यानाकर्षण गराइएको छ ।

देशमा भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावहरूपमा बढीरहेकाे भन्दै उनिहरूले त्यसको निराकरणका लागि प्रभावकारी कदम चाल्न माग गरिएको छ ।

प्राप्त उपलब्धीहरुको रक्षागर्दै प्रतिगमन,धार्मिक अतिवाद, साम्प्रदायिकता र भ्रष्टाचारका बिरुद्ध गोलबन्द हुन सबै नेपाली जनतालाई आव्हानगर्दै सरोकारवाला राजनीतिक शक्तिहरुलाई उपरोक्त मुद्धाहरुमा सहकार्यका लागि जुट्न समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा विगत सातमहिना देखि चलिरहेको प्रदेश नम्बर–१ (कोशी) नामाकरण बिरुद्धको आन्दोलनतर्फ सत्ता संचालकहरुको ध्यानाकर्षण गराउदै त्यसको उचित राजनीतिक समाधानको लागी उच्चस्तरिय राजनीतिक पहल गर्न माग गरिएको छ ।