बुटवल,१२ असोज ।
बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले सहकारीहरुले शेयर सदस्यलाई केन्द्रमा राखेर उनिहरुको आम्दानीमा बृद्धिहुने कार्यक्रमलार्इ प्राथमिकता दिन सुझाव दिएका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले सहकारीका सदस्यको आम्दानी , सम्मान र संस्कारमा बृद्धि हुने गरी कार्यक्रम अगाडी बढाउन आबश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालले सहकारीमा ३ वटा अंग हुने र ती तिनै अंग अति जिम्मेवार हुनु पर्ने धारणा राखे ।

उनले सहकारीको कार्य समिति,लेखा समिति र शेयर सदस्यहरुले सहकारीमा लागेकाहरुको हकहित र अधिकार सुरक्षित गरी उनिहरुलाई बढीभन्दा बढी आम्दानी दिने सवालमा गम्भिर हुन जरुरी रहेको बताए ।

साधारणमा संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गदै सहकारीको मुल्य मान्नता अनुसार सदस्यको हितमा काम गर्दै आएको बताए । उनले सामाजिक उत्तरदायित्वअनुसार सहकारीले जेष्ठ नागरिक सम्मान ७० वर्ष पुगेकालाई पेन्सन वितरण, सदस्यको मृत्युमा राहात स्वरुप रकम प्रदान गर्दै आएको बताए ।
सहकारीको बचत लगानीलाई परिचालन गरी आम्दानी बृद्धि गदै जान गम्भिर रहेको बताए ।
साधारण सभामा कोषाध्यक्ष टंक कुमार खडकाको आय व्ययको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक बाबुराम गिरीको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक हुम बहादुर जिसीको प्रतिवेदन अध्यक्षको वार्षिक प्रतिवेदन व्यापक छलफल सहितपारित भएको सहकारीले जनाएको छ ।
कार्यक्रममा संस्थाका जेष्ठ सदस्य एकमाया गुरुङलाई प्रमुख अतिथी बनाईएको थियो ।

कार्यक्रममा उपाध्यक्ष दोलराज पाण्डे,राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धक नारायण वेल्वासे, बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी, शेयर सदस्य शिबकुमारी विक लगायतले आ आफ्नो भनाई राखेका थिए ।