काठमाण्डौ.१० असोज ।
विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विदेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । दिवसका अवसरमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्था पनि विमानस्थल पुगेका थिए । बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवस केन्द्रित विभिन्न कार्यक्रम भैरहेका छन् ।

बिहान ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको थियो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ आज नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ ।