नवलपरासी,४ असोज ।
मोहन बैध्य ( किरण ) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल क्रान्तिकारी नवलपरासीले प्रदेश साम्सद विश्व प्रेम पाठकको लगानी रहेको बर्दघाट-१३ धनेवा स्थित ज्ञानकुन्ज शिक्षा सदनमा कालो ब्यानर टागेको छ ।

प्रस्तावित शिक्षा बिधेयकले शैक्षिक निजीकरण एवं माफियाकरणलाई जोड दिएको भन्दै अखिल क्रान्तिकारीले त्यसको खारेजीको माग गर्दै जनप्रतिनिधिहरुको लगानीमा संचालित निजी बिद्यालयलाई निशाना बनाएको हो ।
जिल्लामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पालिकाका जन प्रतिनिधिहरुको लगानीमा रहेका विभिन्न बिद्यालयहरुमा कालो ब्यानर राख्ने कार्यक्रमको पहिलो चरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।






