नेपालकै प्रथम जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्य आउँदै

बुटवल, ४ असोज ।
बुटवलको सुख्खानगर स्थिति राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र मन्दिरको आर्थिक बृद्वि लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा असोज ६ देखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

मन्दिर ब्यवस्थापन समितिले त्तज पत्रकार सम्मेलन गरि महायज्ञकाे तयारी बारे जानकारी गराएको हो ।

साे अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जाेगाउन जरुरी रहेको बताए । चपरामा कुम्भमेला लगाउने विषयमा शासास्त्रबाट अगुवाई गरेका जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट सत्संग हुने उनले बताए । नेपालका प्रथम जगतगुरु जसले नेपालमा कुम्भ मेला चलाएको उनले बताए ।

धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम हुने बताए । दैनिक २–५ बजेसम्म कार्यक्रम हुने उनले बताए । यसैगरी भागवात प्रवचक डा यादवशरण गर्तौलाबाट भागवात प्रवचन हुने र देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहने उनले बताए ।

जगतगुरु कुनै एउटा सम्प्रदाय नभई सबैको साझा भएको उनले बताए । धर्मसंस्कृतिको संरक्षणसंगै मन्दिरको आर्थिक अवस्थालाई सहज हुने गरि महायज्ञ चलाउन लागिएको उनले बताए । मन्दिरको जग्गा र आफ्नै गुठी नहुदा पनि मन्दिर ब्यवस्थापनमा समस्या रहेको छ । बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको उनले बताए ।

कार्यक्रममा भागवात प्रवचक डा यादवशरण गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताए । गाईको दूध, बगैचाको फुल, विद्या, कुवाको पानी र सम्पत्ति जति दान गर्दा पनि नघट्ने भन्दै दान पुण्य कर्म भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले वडामा रहेका धार्मिक, पर्यटकिय स्थलको संरक्षणमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्दै आएको बताए ।

साे अवसरमा पत्रकार तथा कार्यक्रम प्रस्ताेता खेमराज रेग्मीले मुलुकमा आर्थिक मन्दि भए पनि धर्म संस्कृतिकाे रक्षाका लागि दानवीरबाट सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा मन्दिरका सचिव नवराज चापागाईले शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम हुने बताए ।