काठमाडौँ,४ असाेज ।
संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक बिरूद्व आन्दोलनमा उत्रिएका शिक्षकहरूले बिहीबार पनि आन्दोलन सुरु गरेका छन् ।

विद्यालय बन्द गरेर राजधानी काठमाडौंमा भेला भएका देशभर शिक्षकहरू माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।