नवलपरासी,२ असाेज ।
अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको भन्दै जलाएको छ ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पाटी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटको मुख्यचोकमा बिद्येयक जलाएको हो ।
मंगलवार क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा संघीय शिक्षा बिद्येयक–२०८० जलाएर बिरोध प्रर्दशन गरिएको थियो ।
सो कोणसभामा बोल्दै केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले संघीय शिक्षा बिद्येयक–२०८० मा शिक्षामा झन् बिभेद गर्ने प्राबधानहरु रहेको बताए ।उनलेे प्रस्तावित बिद्येयक पश्चगामी तथा जनविरोधी रहेकोले यसलाई खारेजी गरेर सार्वजनिक शिक्षालाई निशुल्क, सर्बसुलभ एंव अनिवार्य बनाउने खालको बिद्येयक आवश्यक रहेको बताए ।
फरक प्रसंगमा संयोजक सापकोटाले सामुदायिक बिद्यालयलाई ध्वस्त पार्नमा लागि बर्दघाट नगरमा पनि चलखेल रहेको चर्चा गर्दै त्यस्ता हर्कतहरुका बिरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन छेड्दै आएको स्मरण गराए ।
मौसम प्रतिकुलताका बीचमा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पाटीका जिल्ला संयोजक रवि पाण्डेय, सहसंयोजक गणेश बहादुर ढकाल, बर्दघाट नगर संयोजक ज्ञानबहादुर के.सीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अगाडि बर्दघाट चोकमा प्रहरी परिचालन गरिएको थियो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालयका सदस्य सुवास शर्मा, जिल्ला कार्यालय सदस्य प्रदीप तिवारी जिल्ला सदस्य आनन्द ढकाललगायतकाे सहभागीता रहेको थियो ।







