बुटवल, ३० भदौ ।
पश्चिमाञ्चलयातायातव्यवसायी समिति सामुदायीकविद्यालयमाअध्ययनरत१९ जनाविद्यार्थीलाई जनही १० हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ ।
समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष गणेश पन्थले आफूले पाउने पारिश्रमीकलाई सामाजिक काममा लगाउने गरि स्थापना गरेको कल्याणकारी कोषवाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको समितिले जनाएको छ ।
विभिन्न सामुदायीक विद्यालयका १९ जना जेहेन्दार विद्यार्थीलाई १० हजारका दरले छाक्रवृत्ति वितरण गरिएको कार्यत्रम संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताए ।
रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखांची, नवलपुर र स्याङ्जा केही सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । समितिले स्थापना गरेको अक्षयकोषको व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छाक्रवृत्ति वितरण गरेको समितिले जनाएको छ ।
कार्यत्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नकालागि हौसला बढ्ने हुंदा आफूले पाउने पारिश्रमीकलाई अक्षयकोष गरेको भन्दै यसलाई बढाउदै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउंदै उनले राज्यले यातायात व्यवसायीका समस्यामा गम्भिर हुन नसकेको गुनासो गरे ।
समितिका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज फोखरेलले रक्तदान र छात्रवृत्ति कार्यत्रमलाई निरनतरता दिनुपर्ने बताउंदै छात्रवृत्तिको रकम शिक्षामा नै प्रयोग गर्न आग्रह गरे । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेले छाक्रवृत्ति र रत्तदान कार्यक्रमलाई थप व्यवस्थित गरी निरन्तरता दिने प्रतिवद्वता जनाउंदै यातायातव् यवसायीका समस्या सरकारले सम्बोधन नर्गदा व्यवसायी समस्यामा परेको गुनासो गरे ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, पूर्व महासचिव तथा ढुवानी व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, समितिका उपाध्यक्ष गणेश घिमिरे, दुर्गादत्त माध्यमिक विद्यालय शंकरनगरका प्रअ चण्डीप्रसाद पाण्डेलगायतले समितिले शैक्षिक क्षेत्रमा टेवापुराउने गरी अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई हौसलाप्रदान गरेकोमा सराहना व्यक्त गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम महासचिव हरिप्रसाद कंडेलको सञ्चालनमा सम्पन्न झएको थियो ।
त्यस्तै समितिले आयोजना गरेको रक्तदानकार्यत्रममा ३५ युनिट रगत संकलन भएको महासचिव हरि प्रसाद कंडेलले जानकारी दिए ।
सो अवसरमा दूर्घटनामा परी मृत्यु भएका लु २ ख ११९६ का चालकको परिवारलाई समितिले विमावाट ३ लाख रुपैयां प्रदान गरिएको समितिले जनाएको छ ।







