काठमाडौँ,२८ भदौ ।
आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बाेलाइएकाे छ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची नरहेको संसद सचिवालयले जनाएको छ ।