काठमाण्डाै,२२ भदौ ।
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर रहेका छन् । उनी हिजो बेलुका पक्राउ परेकाे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेकाे संख्या २७ पुगेको छ । राजश्व अनुसन्धान विभागकाे टोलीले गत साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो ।