काठमाण्डाै,१९ भदौ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
ठुलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन माैसमविद प्रतिभा मानन्धरकाे आग्रह छ । उनका अनुसार ठूलो पानी परेका ठाउँका नदी तथा खोलामा बाढीको जोखिम छ । यस्तै, आज अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेको उनले बताइन् । आज दिनभरीजसो बादल लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।






