काठमाडौँ,१५ भदौ ।
पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले पारसलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि गरे । तर के भएको भन्नेबारे आफूलाई यकिन नभएको उनले बताए ।

पारस शाह महाराजगन्जको चप्पल कारखाना नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् । पारसको थप चेकजाँच जारी रहेको छ ।