स्याङ्जा,१३ भदौ ।
स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठ रहेका छन् ।

मंगलबार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई अन्दाजी ६०/७० वटा अरिङ्गालले चिलेको बताइएको छ ।