कास्की,११ भदौ ।
पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्कुटर चालक तनहुँकाे म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमाल रहेकी छन् ।
आज साेमवार पाेखराकाे पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिएकाे थियाे ।

ट्रककाे ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्युु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।