चितवन, ९ भदौ ।
चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
शनिबार भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका उनिहरु त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन् ।






