काठमाण्डाै,८ भदौ ।
आज पनि लुम्बिनीसहित गण्डकी,बाग्मती, कोशी र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताइन् । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने उनकाे अनुमान छ ।
गत सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।






