काठमाण्डौ,६ भदौ ।
झन्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सूचारु भएको छ
।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको थियो । सदनमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सूचारु भएका हो ।
आजको बैठकमा बिभिन्न दलका सांसदहरुले समसामयीक बिषयमा आ आफ्नो धारणा राखेका थिए ।
आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।





