काठमाण्डौ,६ भदौ ।
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज लुम्बिनी,गण्डकी,सुदूरपश्चिम,बाग्मती र काेशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो र लुम्बिनी,गण्डकी,बाग्मती तथा काेशी प्रदेशमा राति ठूलो पानी पर्ने उनले बताए ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

काठमाण्डौसहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

मनसुन सक्रिय भएसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।