काठमाण्डाै,५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले
मङ्गलवार प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजाे साेमवार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकन थिए ।
श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले हिजाे नै प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।

श्रेष्ठ विसं २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाश हुनेछन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।